IME Life

लिवर्टी इनर्जीले १५ लाख कित्ता आइपीओ जारी गर्ने, फागुन २७ देखि विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि प्राथामिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको जनाइएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले जारी गर्ने कूल १५ लाख कित्ता शेयरमध्ये वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिम आयोजनाबाट अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (फलेनी र डोढोडेनी गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई ५ लाख कित्ता शेयर छुट्याइएको छ ।

त्यस्तै, आयोजनाबाट प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मास्थानियलाई ५ लाख कित्ता र बाँकी ५ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाका बाँकी स्थानका सम्पूर्ण बासिन्दाहरुका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले तोकेको समय अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभउको खण्डमा भने चैत २६ गतेसम्म खुला हुने समेत कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS