मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा आब्हान

Citizen Life Insurance Co

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चैत ८ गते साधारण सभा गर्ने भएको छ । बैंकको चौधौँ वार्षिक साधारण सभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि शुरु हुने जनाइएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २७ गतेदेखि फागुन ८ गतेसम्म शेयर दाखिल खारेज गर्ने भएको छ । यस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार