IME Life

वाणिज्य बैंकले साथ दिँदा नेप्सेमा उछाल, ४ अर्बमाथिको कारोबार हुँदा ५५ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार बढेको छ । आज कारोबार शुरु भएको पाँच मिनेटमा नै नेप्से परिसूचक ओरालो लाग्न सुरु गरेको थियो । सो समयमा नेप्से २५.५८ अंकले घटेको थियो । तर त्यस समयपछि बजारले गति लिएको थियो ।

शेयर बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको वाणिज्य बैंकको सूचक बढ्दा नेप्सेमा राहत मिलेको हो । आज कारोबार बन्द हुँदा शेयर बजार नेप्से ३६ दशमलव ०५ अंकले बढेर १,६३२ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, विकास बैंक र उत्पादनमुलक बाहेक सबैउपसूचक घटेका छन् । आज बैंकिङ उपसूचकम ६ दशमलव १४ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफको २८ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको २० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंक, नबिल बैंकको १५ करोडमाथिको कारोबा।र भएको छ । सिवम् सिमेन्टको १४ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक, हिमालयन डिस्टीलरी,ग्लोबल आइएमई बैंक र नेपाल बैंकको ११ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक, हिमालयन बैंक, नबिल बैंक, वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एनआइसी एशिया बैंक, यूनिलिभर नेपाल र नेपाल फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

ङादी ग्रुप, समृद्धि फाइनान्स, सिनर्जी पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS