IME Life

आज जीवन बीमा कम्पनीहरुको शेयर मूल्यमा कस्तो उचार-चढाव आयो ?

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ५० दशमलव ९३ अंकले बढेर १,५९६ दशमलव १३ को विन्दुमा पुगेको छ । आज सबै उपसूचक हरियाली छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६ दशमलव १२ अंकले बढेको छ भने निर्जीवन बीमा समुह ३ दशमलव १८ प्रतिशतले बढेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुल्दा प्रतिकित्ता ६ सय ९५ रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर ७ सय २० सबैभन्दा उच्च विन्दुमा पुगेको थियो भने सबैभन्दा कम ६ सय ८६ सम्म झरेको थियो । सोही कम्पनीको शेयर कारोबार बन्द हुँदा प्रति कित्ता सात सय एक रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

आज गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार प्रति कित्ता ९ सय ५३ रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर एक हजार २८ सबैभन्दा उच्च विन्दुमा पुगेको थियो भने सबैभन्दा कम ९ सय ५३ सम्म झरेको थियो । सोही कम्पनीको शेयर कारोबार नेप्से बन्द हुँदा एक हजार २६ रुपैयाँमा कायम भएको छ ।

बुधबार एलआइसी नेपालको शेयर कारोबार खुल्दा प्रति कित्ता एक हजार ६८९ रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर मुल्य सबैभन्दा उच्च एक हजार ७५२ रुपैयाँसम्म पुगेको थियो भने सबैभन्दा कम १६ सय ७४ रुपैयाँसम्म झरेको थियो । आज कम्पनीको शेयर मुल्य १७ सय ४० रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मुल्य प्रति कित्ता ८ सय रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर मुल्य सबैभन्दा उच्च विन्दु ८ सय ५२ रुपैयाँसम्म पुगेको थियो भने सबैभन्दा कम ८ सय रुपैयाँसम्म झरेको थियो । आज नेप्से बन्द हुँदा उक्त कम्पनीको शेयर मुल्य ८ सय ५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपाल लाइफको शेयर कारोबार खुल्दा १४ सय १४ रुपैयाँमा खुलेको थियो कम्पनीको थियो । कम्पनीको शेयर मुल्य सबैभन्दा उच्च विन्दु १४ सय ९९ रुपैयाँुसम्म पुगेको थियो भने सबैभन्दा कम १३ सय ९५ रुपैयाँसम्म शेयर मूल्य झरेको थियो । नेप्से बन्द हुँदा कम्पनीको शेयर मुल्य १४ सय ९४ रुपैयाँमा कायम भएको छ ।

शेयर कारोबार खुल्दा प्राइम लाइफको शेयर मुल्य ६ सय ९० रुपैयाँ थियो । आज कम्पनीको शेयर मुल्य सबैभन्दा उच्च विन्दू ७ सय २८ रुपैयाँसम्म पुगेको थियो भने सबैभन्दा कम मुल्य ६ सय ९० रुपैयाँसम्म झरेको थियो । नेप्से बन्द हुँदा कम्पनीको शेयर मुल्य ७ सय १५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार शेयर बजार खुल्दा सूर्या लाइफ इन्स्योरेन्सको ५ सय ६४ रुपैयाँमा कारोबार खुलेको थियो । कम्पनीको शेयर मुल्य सबैभन्दा उच्च विन्दु ५ सय ८० रुपैयाँ सम्म पुगेको थियो भने सबैभन्दा कम ५ सय ९४ रुपैयाँसम्म झरेको थियो । आज नेप्से कारोबार बन्द हुँदा ५ सय ६५ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS