IME Life

प्राइम कमर्शियल बैंकले कैलाशलाई प्राप्ति गर्ने, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो ।

गत असार २० गते प्राइम बैंकले कैलाश विकास बैंकबीच एक्विजिशन सम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । प्राइमले कैलाश बैंकलाई १००ः९४ को शेयर स्वाप रेसियोमा गाभ्ने भएको छ । दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो । दुई बैंकबीच गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

Prabhu
Crest

पुस २५ गते सम्पन्न दुवै बैंकको साधारणसभाले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गराएर अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकसँग माग गरेका थिए ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै दुवै बैंकले फागुन मिहनाभित्रै एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन् । कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS