लुम्बिनी जनरलको ९९ हजार ७२६ कित्ता शेयर लिलामीमा विक्री खुला

Citizen Life Insurance Co

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता हकप्रद शेयर आजेदेखि विक्री खुला भएको छ ।

कम्पनीको ९९ हजार ७२६ कित्ता लिलामी शेयरमा आज फागुन १४ देखि २१ गतेसम्म आवेदन दिन पाईने जनाएको छ । शेयर बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल रहेको छ ।

कम्पनीको लिलामीमा शेयरमा सिबिआईएल क्यापिटलको कार्यालय तथा सिटिजन्स बैंकका विभिन्न शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत हुने आउने १७ लाख ६० हजार कित्ता हकप्रद शेयर हकप्रद शेयर जारी गरेको थियो ।

इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार