IME Life

गणपुरक संख्या नपुगेर रोकिएको बाफिया आज पेश हुने

SPIL
NIC ASIA

काठमाडौं । मंगलबार संसदमा पेश गर्ने क्रममा प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि रोकिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेकय २०७६ आज पुनः संसदमा पेश हुने भएको छ ।
हिजो गणपुरक संख्या नपगेका कारण स्थगित भएको संसद बैठक आज १ बजेका लागि डाकिएको छ । सो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बाफिया विधेयक पुनः प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री डा. खतिवडाले बाफिया विधेयक प्रस्तुत गर्ने वित्तिकै गणपूरक संख्या नपुगेको भन्दै नेपाली काँग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेका थिए । त्यस लगत्तै बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । सांसदहरु हाटा गरेर हिडिसकेको र गणपुरक संख्या पुग्ने स्थिति नभएपछि सभामुख अग्नि सापकोटाले बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन गरेका थिए ।

Prabhu
Crest

बुधबारको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) बाफिया विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश हुनेछ । यसैबीच प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको सो प्रस्ताव बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS