IME Life

नयाँ दिल्लीमा सयौं सवारी साधन र सम्पत्तिमाथि आगजनि, करोडौं क्षतिको भार बीमा कम्पनीमाथि पर्यो

SPIL
NIC ASIA

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा हिजो भड्किएको दंगामा सात जनाको मृत्यु भएको छ । घट्नामा दर्जनौं सवारी साधन आगो लगाएर खरानी बनाइएको छ । करोडौं क्षतिको मार बीमा कम्पनीमाथि परेको छ ।

नयाँदिल्लीको उत्तर–पूर्वी क्षेत्र गोन्डामा सोमबार साँझ प्रहरी समर्थित व्यक्तिले अन्धाधुन्द गोली चलाउन सुरु गरेपछि भएको दंगा फसादमा एक जना प्रहरीसहित सात जनाको मृत्यु भएको हो ।

Prabhu
Crest

भारत सरकारले अघि बढाएको नागरिकता ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरी संरक्षित व्यक्तिले गोली चलाएका थिए । सो लगत्तै भड्किएको दंगापछि दर्जनौं सवारी साधनमा क्षति हुनुको साथ करोडौंको धनजनको क्षति भएको छ ।

सो क्षेत्रका सयौं पसलहरु तोडफोड र आगजनि भएको छ । क्षतिको यथार्थ विवरण आइसकेको छैन । सार्वजनिक बस, निजि कार, रिक्सा जलगाउने, घर पसलमा आगजनि गर्ने जस्ता कार्यहरु भएको जनाइएको छ । घटनामा कति क्षति भयो भन्ने एकिन तथ्या्क आइसकेको छैन । सोमबार साँझदेखि मंगलबार विहानसम्म रातैभरि मच्चिएको हिंसामा करोडौंको सम्पत्ति नष्ट भएको छ । सो ठूलो संख्यामा बीमा गरिएको बताइएको छ । सयों सवारी साधन जलगाएर खरानी बनाइएको कारण सो समेतको भार स्थानीय बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीमाथि पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS