एनआईसी एशियाका ग्राहकलाई सोनीको टीभी खरीदमा छूट

Citizen Life Insurance Co

काठमाडौं । एनआईसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंकबीच बैंकका ग्राहकलाई सोनीको टीभी खरीदमा छूट दिने सम्बन्धी सम्झौता भएको छ । सोनीका आउटलेट तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभियाका ६ ओटा विभिन्न मोडलका टीभी खरीद गर्दा छूट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट बैंकको पीओएस र क्यूआर कोड प्रयोग गरी खरीद गर्दा १० प्रतिशत वा अधिकतम २ हजारसम्म छूट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार