IME Life

राष्ट्रिय बीमा संस्थानका १० उत्कृष्ट अभिकर्ता सम्मानित

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका १० जना बीमा अभिकर्ताहरु सम्मानित भएका छन् । ५४ औं बार्षिकोत्सवको अवसरमा संस्थाले प्रथम बीमाशुल्क मार्फत सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका १० जनालाई अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

Prabhu
Crest

अर्थमन्त्री डा. युवराज खतिवडा, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, संस्थानका प्रशासक कवि पाठकको उपस्थितीमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानित गरेको हो । कार्यक्रममा संस्थानले मनकुमारी निरौला, सकुना अधिकारी, वद्री प्रसाद अधिकारी, शान्ति महर्जन, वुद्धि प्रसाद गौतम, राजन रिमाल, लिला बहादुर श्रेष्ठ, सुभद्रा श्रेष्ठ र उपत्यका बाहिरका कान्छा थापा क्षेत्री, मनकुमारी निरौला र वृद्धिप्रसाद रेग्मीलाई सयुक्त रुपमा सम्मान गरेको हो ।

उत्कृष्ट बीमा अभिकर्तामध्ये प्रथम बीमाशुल्कको अवधिसम्ममा मन कुमारी निरौला रोग्मीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेकी छिन् । उनले प्रथम त्रैमाससम्ममा ३ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएकी छिन् ।

त्यस्तै, सुकुना अधिकारी शिवाकोटीले प्रथम बीमाशुल्क मार्फत १ लाख ५७ लाख रुपैयाँ, बद्री प्रसाद उप्रतीले ७५ लाख ३६ हजार रुपैयाँ, शान्ती महर्जनले ६६ लाख २२ हजार, बुद्धि प्रसाद गौतमले ६५ लाख ५ हजार रुपैयाँ, राजन रिमालले ६१ लाख र अन्यले ५० लाख भन्दा मुनि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS