IME Life

राष्ट्रिय बीमा संस्थानमा पुगेर अर्थमन्त्रीले भने, ‘एउटा मात्रै पुनर्बीमा कम्पनीले पुग्छ ?’

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा बढ्दो बीमा बजारलाई धान्न एउटा मात्रै पुनर्बीमा कम्पनी पर्याप्त हुन्छ वा हुन्न भन्ने विषयमा बहस आवश्यक भएको बताएका छन् । बीमा कम्पनीहरुको जोखिम एउटै पुनर्बीमा कम्पनीले मात्रै पुराउन सक्छन् भनेर अर्थमन्त्री डा. खतिवडाले बीमा विज्ञहरुलाई प्रश्न गरेका छन् ।

Prabhu
Crest

राष्ट्रिय बीमा संस्थाको ५३ औ बार्षित्सवको कार्यक्रममा भाग लिन आईपुगेका अर्थमन्त्री डा. खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै हाल संचालनमा रहेका ३९ वटा बीमा कम्पनीहरुको जोखिम के एउटा पुनर्बीमा कम्पनीले मात्र आगामी दिनमा बहन गर्न सक्ला र भन्ने प्रश्नको जवाफ दिन बीमा कम्पनी र विज्ञहरुलाई आग्रह गरेका छन् ।

साथै उनले कार्यक्रममा साढे १६ लाख चरम गरिवीको रेखामुनी रहेका परिवारको समेत स्वास्थ्य बीमालाई बीमाको दायरामा ल्याउने जानकारी दिए । उनले आर्थिक अवस्थाका कारण बीमा गर्ने नसेकोका १६ लाख भन्दा बढी गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा समेत गरेका छन् । उनले बीमाको दायरा अझै बढाउनुपर्ने जसले प्रिमियम तिर्नेसक्नेले आफै बीमा गर्ने र तिर्न नसक्नेका लागि सरकारले सहयोग गर्ने बताए ।

बारम्बार बीमा कम्पनीहरुले करको बिषयमा प्रश्न गर्दै आएको कुरालाई करलाई घटाउन नसक्ने कुरा समेत उनले सपष्ट पारिदिएका छन् । कर भनेको कमाउन सक्नेबाट लिने र कमाउन नसक्नेलाई दिने हो । त्यसैले यस बिषयमा बारम्बार प्रश्न नगर्न आग्रह गरेका छन् ।

बीमाको कर्मचारी सङख्या बढाएर, बीमा कम्पनीको शाखा बढाएर मात्रै बीमाको पहुँच विस्तार हुने हैन । दाबी भुक्तानीलाई जती सहज र सरल बनाउन सक्योै भने अझ यसको पहुँचमा वृद्धि आउने सम्भावना भएको हुँदा बीमा कम्पनीहरुलाई यसमा जोड दिन आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आफनै कार्यकालमा राष्ट्रिय बीमा संस्थानको बीमाङ्कीय मूल्याङ्कन पूरा गर्ने प्रतिवद्धता गरेका छन् । नेपालमा एक्चुरीको समस्याको कारण यस्मा केही समस्या देखिएको र संस्थानको बीमांकिय मूल्याङ्कनको काम नेपाली एक्चुरीले नै हेर्ने भएको हुँदा उनले आफनो १० महिनाको कार्यकालमा संस्थाको बीमांकीय मूल्याङ्कन सम्पन्न गर्ने बताए ।
कार्यक्रममा जीवन बीमंक संघका अध्यक्ष शिवनाथ पाण्डेले अझै बीमा कम्पनीहरुको नाफा बैंकको ब्याजदरमा भर पर्नुपर्ने अवस्था रहेको र आय कर घटाउन सक्यौ भने बीमाको पहुँचमा वृद्धि हुनसक्ने बताए ।

राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले संस्थाको बीमाकीय मूल्याङ्कनको प्रतिवेदन र अघिल्लो बर्षको वित्तिय विवरण स्वीकृत नभई पछिल्लो बर्षको लेखा परिक्षण कार्यलाई अन्तिम रुप दिन नसक्ने बाध्यताका कारण संस्थानको पुरानो लेखा परिक्षणमा सम्पन्न गर्न समस्या आएको बताए । उनले यस बिषयमा बिशेष ध्यान दिन बीमा समितिलाई आग्रह गरेको छ । संस्थाले ६ वर्षको बीमाङ्कीय स्वीकृतिको लागि बीमा समिति पठाइसकेको र तीन बर्षको बीमांङ्कीय पठाएको जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS