IME Life

जीवन बीमा कम्पनीहरुको करिब ३ अर्ब दाबी भुक्तानी हुन बाँकि, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १० वटा कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि रहेको देखिएको छ । बाँकि नयाँ ८ वटा जीवन बीमा कम्पनीहरुमा भने दाबी परेको छैन् । एक जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थाले भने आफनो वित्तिय विवरणमा भुक्तानी हुन बाँकि रकम देखाएको छैन ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा १० वटा कम्पनीले २ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको देखिएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनी

पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वितीय विवरण अनुसार नेपाल लाइफ इन्स्यारेन्सले पुस मसान्तसम्ममा सबैभन्दा धेरै १ अर्ब २० करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

नेपाल स्थित शाखा रहेको मेट लाइफ इन्स्यारेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्तयसम्ममा ५४ करोड ५८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।
नेशनल लाइफ लाइफले पुस मसान्तसम्ममा २६ करोड ८० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

त्यस्तै, चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले १९ करोड ५६ लाख रुपैयाँ, सूर्या लाइफले ३ करोड १२ लाख रुपैयाँ, एशियन लाइफले २ करोड ७ लाख रुपैयाँ, प्राइम लाइफले १ करोड ६० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको कम्पनीहरुले प्रकाशन गरेको वितीय विवरणमा देखिएको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख ७४ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ । त्यस्तै, नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफको १६ लाख ६९ हजार रुपैयाँ र रिलायन्स लाइफको १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS