IME Life

नेप्सेमा कारोवार हुने राष्ट्रिय स्तरका विकास बैंकमध्ये कसको कमाइ राम्रो, कुन अण्डरभ्यालुड ?

SPIL
NIC ASIA

काठमान्डौ । संचालनमा रहेका ११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये हाल नेप्सेमा ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुको मात्र शेयर कारोबार हुने गरेको छ । बाँकी तीन वटा विकास बैंक अन्य संस्थासँग गाभिने प्रक्रियामा रहेकाले ८ वटा राष्ट्रिय स्तरका विकास बैंकको मात्र नेप्सेमा शेयर कारोबार हुने गरेको हो ।

अन्य संस्थासँग गाभिन लागेका राष्ट्रिय स्तरका विकास बैकहरुमा गण्डकी विकास बैंक मेगा बैंकसँग, कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकसँग र देवः विकास बैक कुमारी बैंकसँग गाभिने प्रक्रियामा रहेकाले शेयर कारोबार रोक्का भएको छ । त्यसकारण इन्स्योरेन्स खबरले राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रकाशन गरेका वित्तीय विवरणको आधारमा कुन विकास बैंक ओभरभ्यालुड र कुन अण्डरभ्यालुड भनेर विश्लेशन गरिएको छ । विकास बैंकहरु नेप्सेमा कारोवार हुने क्षेत्रमध्ये अण्डरभ्यालुड मानिन्छन।

Prabhu
Crest

खुद नाफाको आधारमा:
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले खुद मुनाफा आर्जन गरेको छ । मुक्तिनाथ विकास बैंकले ४७ करोड २५ लाख खुद मुनाफा गरेको छ।  त्यस्तै दोश्रोमा गरिमा विकास बैंकले ३२ करोड ५५ लाख खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा शाईन रेसुङ्गाको प्रति शेयर आम्दानी धेरै छ। शाईन रेसुङ्गाको प्रति शेयर आम्दानी २२ रुपैया ९२ पैसा छ भने मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २१ रुपैया ८४ पैसा छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
फाल्गुन ७ गतेको बजार मूल्यको आधारमा लुम्बिनी विकास बैंक अण्डरभ्यालुड देखिन्छ।  लुम्बिनी विकास बैंकले मूल्य आम्दानी अनुपात १० दशमलव ५६ गुणा रहेको छ भने महालक्ष्मी विकास बैंकको मूल्य आम्दानी अनुपात ११ दशमलव २३ गुणा रहेको छ।

नोट : फाल्गुन ७ गतेको बजार मूल्यको आधारमा 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS