IME Life

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये कसको व्यापार आक्रामक ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपाली बीमा बजारमा १० वटा नयाँ जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । यी दश वटै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको अवस्था छ ।

यस अवधिसम्ममा १० वटा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कूल बीमा शुल्क आर्जन १ सय ८ प्रतिशतले बढी हो ।
आर्थिक बर्ष २०७६।७७ को दोस्रो त्रैमाससम्ममा १० जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले कूल बीमा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ४१ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ सय १८ प्रतिशतले बढी हो ।

Prabhu
Crest

चालु आर्थिक बर्ष २०७६।७७ को दोस्रो त्रैमाससम्मा कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीको रुपमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ३१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६० प्रतिशतले बढी हो ।

त्यस्तै, तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८० करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आजर्न गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।
त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्सले यस अवधिसम्ममा ७५ करोड १३ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १ सय ३६ प्रतिशतले बढी हो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्सले यस अवधिसम्ममा ६० करोडमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रिलायन्स लाइफको कुल बीमा शुल्क आर्जन १ सय ८१ प्रतिशतले र आइएमई लाइफको १ सय १६ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५६ करोड ८० लाख, सानिमा लाइफले ४१ करोड, प्रभु लाइफले ३१ करोड २६ लाख र महालक्ष्मी लाइफले २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS