IME Life

छ महिनामा १९ कम्पनीले कमाए २ अर्ब ३३ लाख मुनाफा, नेपाल लाइफ पहिलो नेशनल दोस्रो

SPIL
NIC ASIA

काठमाडौं । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७६।०७७ को दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्ब लाख करोड रुपैयाँ आर्जन गरेका छन् ।गत बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३८ प्रतिशतले बढेको छ । गत बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस बर्ष पनि नेपाल लाईफ नै अग्रस्थानमा रहेको छ । सो कम्पनीले पुस मसान्तसम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद मुनाफा २५ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २८ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, आर्जित मुनाफाको आधारमा दोस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको खुद नाफा आर्जन ३८ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १७ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

तेस्रोमा भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्ममा १५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको तुलनामा कम्पनीको खुद मुनाफा ७३ प्रतिशतले बढेकोे छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चौथौमा सूर्या लाइफ इन्स्योरन्स कम्पनी रहेको छ । कम्पनीको खुद मुनाफामा ४० प्रतिशतले वृद्धि आएको छ । कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्ममा १५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले १० करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै, रिलायवल लाइफको नाफा ३४ प्रतिशतले बढेर १३ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने मेट लाइफ इन्स्योरेन्सको नाफा थोरै अंकले बढेको छ । कम्पनीको खुद नाफा १ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गतबर्षको सोहि अवधिमा १२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

पाँच करोड भन्दा कम खुद मुनाफा आर्जन गर्ने कम्पनीहरु : 

दोस्रो त्रैमासको अन्त्यसम्ममा सानिमा लाइफ इन्स्योरेन्स नाफा २ प्रतिशतले घटेको छ । कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्ममा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ करोड ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

रिलायन्स लाइफले दोस्रो त्रैमाससम्ममा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा ९३ प्रतिशतले बढेको देखिएको छ ।

त्यस्तै, प्रभु इन्स्यारेन्सले पुस मसान्तसम्ममा तीन करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गतबर्षको तुलनामा कम्पनीको खुद नाफा ३१ प्रतिशतले बढेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले दोस्रो त्रैमासको अन्त्यसम्ममा आफनो खुद नाफा ३२६ प्रतिशतले बढाएर तीन करोड ५३ लाख रुपैयाँ पुराएको छ । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक खुद नाफा आउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS