महालक्ष्मी र टेस्लाबीच सम्झौता, बीमितले सुविधा पाउने

Citizen Life Insurance Co

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रालिवीच उपचार सेवा प्रवाह गर्दा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

दुई कम्पनीका बीचमा भएको सम्झौता अनुरुप ल्याव तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार