SKIP THIS

IK Anniversary
IME Life

अर्थमन्त्री डा. खतिवडा नफेरिने लगभग निश्चित, राष्ट्रियसभामा पुनः मनोनयनको तयारी

SPIL
NIC ASIA

काठमाडौं । वितेको दुई वर्ष शेयर लगानीकर्ताहरुको सबैभन्दा धेरै गाली खाएका अर्थमन्त्री डा. युवराज खतिवडाले अझै अर्थमन्त्रालयमा बसेर अर्थनीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्भावना बलियो बन्दै गएको छ । राष्ट्रियसभाको सांसदको दुई वर्षे पदावधी यही फागुन २० गतेदेखि सकिने र मन्त्री हुनको लागि सांसद बन्नु अनिवार्य हुने हुँदा उनको सिंहदरवार यात्रा टुंगिन लागेको चर्चा बजारमा चलिरहेको छ ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रिय सभामा मनोनित गरिने एक जनाको सिटमा पुनः अर्थमन्त्री डा. युवराज खतिवडालाई मनोनित गर्ने तयारी गरिएको छ । यस्तो तयारीसँगै अर्थमन्त्रीमा डा. खतिवडा नै निरन्तरता हुने सम्भावना रहेको छ । भावी अर्थमन्त्रीको रुपमा नेकपाका नेता सुरेन्द्र पाण्डेले लविङ गरिरहेको सन्दर्भमा बालुवाटारले भने डा. खतिवडालाई नै निरन्तरता दिन लागेपछि पाण्डे साईड लाग्न थालेका छन् ।

Prabhu
Crest

राष्ट्रियसभामा मनोनिन हुनका लागि खासै दौडधुप नभए पनि लक्ष्मीदास मानन्धरले समेत दावी गर्दै आएका छन् । लामो समयसम्म साल्ट ट्रेडिङ कर्पोेरेशनको अध्यक्ष रहेका श्रेष्ठले राष्ट्रियसभाको सदस्यमा रक्षामन्त्री ईश्वर पोखरेलमार्फत लविङ गरिरहेका छन् । यद्यपि जीवनको उत्तराद्र्धमा पुगेका श्रेष्ठको अभिलाषा भने पूरा नहुने लगभग निश्चित देखिएको बताइन्छ ।

वर्तमान अर्थमन्त्री डा. खतिवडालाई हटाउने सम्बन्धमा शितल निवासले रेड सिग्नल दिएपछि उनैलाई निरन्तरता दिने मनस्थितिमा बालुवाटार रहेको जनाइएको छ । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका, कुटनीतिक नियोगलाई काउन्टर गर्न सक्ने डा. खतिवडाको विकल्प नभएको सुझाएपछि अर्थमन्त्री डा. खतिवडाको यात्रा जारी रहने सूत्रहरुले जनाएका छन् ।

डा. खतिवडाले पनि अर्थमन्त्रालयबाट अवकास नलिई दीर्घकालिन रुपमा अझै तीन वर्ष मन्त्री खाने शैलीमा कार्य प्रारम्भ गरिसकेका छन् । डा. खतिवडाले सोमबार सबै बैंकका सिईओहरुलाई बोलाएर अर्थतन्त्रका बारेमा गहन छलफल गरेका छन् । पुनः सांसदमा सिफारिस नभइसकेको अवस्थामा आगामी फागुन २० गतेदेखि सांसद पद जाने अवस्थामा सबै बैंकका सिईओहरुलाई बेलाएर रणनीति बनाउनुले डा. खतिवडा काम गर्ने मुडमा मुभ भइसकेको चर्चा बजारमा चल्न थालेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS