IME Life

सबै बैंकका सिईओहरु अर्थमन्त्रालयमा, समस्या हल गर्न कार्यदल परिचालन

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा सबै बैंकहरुका सिईओलाई अर्थमन्त्रालयमा बोलाएर छलफल गरेका छन् । वर्तमान गर्भनर डा. चिञ्जीवी नेपालको पदावधी सकिनै लाग्दा अर्थमन्त्रीले गभर्नरहरुसँग सिधा सिधा डिल गरेका हुन् । अर्थमन्त्री डा खतिवडाले क बर्गका वाणिज्य बैंकका सिइओहरुसँग मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुको बारेमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, सबै बैंकका सिईओहरु, अर्थसचिव शिशिर ढुंगानालगायतको उपस्थिति रहेको थियो । अर्थमन्त्री डा. खतिवडाले सबै सिईओहरुलाई राखेर करिब तीन घण्टा छलफल गरेका थिए । छलफलको क्रममा विद्यमान बैंकिङका समस्याको बारेमा खुलेर चर्चा गरिएको एक बैंकका सिईओले बताए । छलफलमा तरलताको अवस्था, कर्जाको माग तथा सम्पत्ति शुद्धिकरण र केवाईसी फारमले निम्त्याएका अप्ठेरा जस्ता विषयले प्रवेश पाएका थिए । त्यस्तै सहुलियतको ऋण बृद्धि गर्ने तथा गाउँका जनतालाई ऋण प्रवाह बढाउने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

छलफलपछि अर्थमन्त्री डा. खतिवडाले उच्च स्तरतीय वित्तीय क्षेत्र समन्वय महाशाखा तथा नेपाल राष्ट्र बैंक तथा बैंकर संघसँग समन्वय गरी समस्याहरु हल गर्न निर्देशन दिएका छन् । सोमबार आयोजना गरिएको छलफलले नेपालको अर्थतन्त्रलाई अझै तीव्र गतिमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS