IME Life

८ बीमा कम्पनीको चुक्ता पुँजी बृद्धि, निर्जिवन बीमा कम्पनीको पूँजि संरचना कस्तो ? (सूची सहित )

SPIL
NIC ASIA

काठमाडौं । हाल संचालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको छ महिनामा जम्मा ८ वटा मात्रै निर्जिवन बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाएका छन् । ७ वटा कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । जसमध्ये ३ वटा नयाँ बीमा कम्पनीले आईपीओ र ३ वटा कम्पनीले हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी बृद्धि गर्ने क्रममा रहेका छन् ।

निर्जिवन बीमा कम्पनीका लागि बीमा समितिले एक अर्ब चुक्ता पुँजि अनिवार्य गरेको छ । सो भन्दा तल रहेका कम्पनीहरुले आईपिओ र हकप्रदमार्फत पुँजि बृद्धि गर्न लागेका हुन् ।

Prabhu
Crest

चालु आर्थिक बर्षकोे पौष मसान्तसम्ममा सबैभन्दा धेरै पुँँजी वृद्धि गर्ने कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी भएको छ । कम्पनीको चुक्ता पुँजी ७ सय २० प्रतिशतले वृद्धि भएर १ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, युनाइटेड इन्स्योरेन्सले २ सय ४० प्रतिशत हकप्रद जारी गरेर १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ ।
निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी रहेको कम्पनी नेको इन्स्योरेन्स रहेको छ । युरोप र रसियामा व्यापार गर्ने ठूलो व्यापारिक घरानाको लागनी रहेको सो कम्पनीले दोस्रो त्रैमाससम्मको अवधिमा चुक्ता पुँजी १२ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड रुपैयाँ पुराएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

आइपीओ जारी गरेर पुँजी बृद्धि गर्ने कम्पनी

तीन नयाँ बीमा कम्पनीहरुले आइपीओ जारी गरेर पुँजी पुर्याउने प्रक्रिया अघि बढाइसकेका छन् । नयाँ कम्पनीहरु अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्नेछ ।

हकप्रद जारी गरेर पुँजी बृद्धि गर्ने कम्पनी

पुराना तीन जीवन बीमा कम्पनीहरुमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गरेर पुँजि पुर्याउने भएका छन् । पु्रडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशन गरेर पुँजी १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी हुने भएको छ । त्यस्त, लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर १ अर्ब ५ करोड रुपैयाँ पुँजी पुराउने भएको छ।

तथ्याङ्क स्रोतः कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS