IME Life

रेकर्ड भत्काउँदै अघि बढ्यो पुँजि बजार, फागुन १० गते भित्रै पत्ता लाग्छ बढ्नुको रहस्य

SPIL
NIC ASIA

काठमाडौं । विगत एक महिनादेखि लगातार बढ्ने क्रममा रहेको पुँजि बजारले सोमबार नसोचेको नतिजा लगानीकर्ताहरुलाई दिएको छ । विगत दुई वर्षदेखि निराश जस्तै देखिएका लगानीकर्ताहरु सोमबार पहिलो पटक दिल खोलेर हाँसेका छन् । सबै क्षेत्रमा हरियो बनाउँदै नेप्सेले सवा ३४ अंकको बृद्धिदरमा उकालो चढेपछि लगानीकर्ताहरु खुशी हुनु स्वाभाविक नै हो ।

सोमबार नेप्से परिसूचक ३४.२६ अंकले बढेर १३९८ पुगेको छ । सोमबार एकैदिन दुई अर्ब ६८ करोड भन्दा बढिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेन्जका अनुसार सोमबार एकै दिन १७५ वटा कम्पनीको २४ हजार ८०५ पटक शेयर करोबार भएको थियो । सोमबार भएको कारोबार मध्ये साधारण शेयरतर्फको नयाँ रेडर्क कायम गरेको छ ।

Prabhu
Crest

किन बढ्दैछ पुँजि बजार ?
पुँजि बजार एकाएक बढिरहेको छ । केहीले यसलाई कृतिम रुपमा बढेको पनि भन्दै आएका छन् । केहीले करेक्सन् हुन्छ, धेरै लगानी गर्नु जोखिम हुन्छ, त्यसैले ब्याकअपमा बसेरै लगानी गर्नुपर्दछ भनिरहेका छन् । पुँजि बजारका खेलाडी निर्मल प्रधानले सार्वजनिक रुपमै नेप्से छ हजार पुग्ने भविष्यवाणी गरिसकेका छन् । आखिर किन बढ्दैछ शेयर बजार ? यसको भित्री कारण के ? यो साँच्चै स्थायी हुन्छ कि हुन्न ? पत्याउने अवस्था छ त ? प्रश्नहरु छन् ।

पहिलो कारण फागुन २० गतेदेखि विदा हुने सम्भावना रहेको अर्थमन्त्री डा. युवराज खतिवडा नै हुन् । लगानीकर्ताहरुमा नयाँ अर्थमन्त्री आउने वित्तिकै शेयर बजार ह्वात्तै बढ्ने हुँदा अहिले देखि नै लगानी गर्ने मनस्थितिमा रहेका छन् ।

दोस्रो कारण वाम सरकारलाई डोमिनेट गर्न एकाथरी खेलाडीहरुले घटाएको शेयर बजार लामो समयसम्म ब्याजको मारले टिक्न नसकेपछि बजार अघि बढेको चर्चा पनि चलेको सुनिन्छ ।

तेस्रो कारण बीमा पुँजि बजार अनुमानका भरमा र विश्वासको आधारमा अघि बढ्ने क्षेत्र पनि भएकोले बृद्धि हुन थालेपछि अब बृद्धि हुन्छ भन्ने आशामा स्वतःस्फूर्त मूल्य बढाएर किनबेच हुनु यसको विशेषता नै हो । त्यसैले एक-दुई सय अंकको बृद्धिलाई खासै ठूलो विषय मान्नुपर्ने छैन ।

चौथो कारण शेयर बजारका खेलाडीहरुको चलखेल अर्को कारण हुन सक्दछ । तिहार पछि नै बजारमा निकै चलखेल बढेको थियो । साना कम्पनीहरुको शेयरमा उछाल ल्याउने र घटाउने क्रम चल्दै बृद्धि भएको थियो । त्यसैले यस पटकको बृद्धिलाई प्राकृतिक र सामान्य रुपमा लिन सकिन्छ भनेर भन्ने आधार भने छैन ।

अहिलेको बृद्धि साँच्चै स्थायी हुन्छ ?
अहिलेको बृद्धिलाई साँच्चै स्थायी हुन्छ वा करेक्सन आउँछ भन्ने कुरा यही फागुन १० गतेभित्र थाहा हुनेछ । फागुन १० गतेभित्रमा राष्ट्रियसभामा एक जना रिक्त पदमा कसलाई मनोनित गर्ने निर्णय हुन्छ सो आधारमा बजारको भविष्य निर्धारण हुने देखिन्छ । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै पुनः राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनित गरिएमा उनी आगामी फागुन २० गतेबाट अर्थमन्त्रीबाट विदा लिने च्याप्टर बन्द हुनेछ । अर्थात अर्थमन्त्री परिवर्तन हुनेछैन । अहिलेसम्मको राजनीति हेर्दा वर्तमान अर्थमन्त्री डा. खतिवडालाई नै प्रधानमन्त्री केपी ओलीले सिफारिस गर्ने सम्भावना छ । यदि त्यस्तो भएको खण्डमा अर्थमन्त्री फेरिने छैनन् । वर्तमान अर्थमन्त्री नफेरिएको खण्डमा पुँजिबजार केही बढेपनि करेक्सन आउन सक्ने देखिन्छ ।

यदि अर्थमन्त्री फेरिएको खण्डमा पनि शेयर बजारमा तीव्र बृद्धि हुन्छ भन्ने एकिन छैन । साथै बढेको शेयर मूल्य घट्छ नै भन्ने पनि छैन । हालको बृद्धि हेर्दा धेरै कम्पनीको मूल्य बढेको र समान हैसियतका अन्य कम्पनीहरुको मूल्यबृद्धि हुन बाँकी रहेकाले नेप्से परिसूचक १६०० सम्म पुगेमा कुनै आश्चर्य मान्नु पर्ने देखिदैन । अहिले भएको बृद्धि तत्कालै करेक्सन नआएमा अर्थात १० गतेपछि पनि सुधार नआएमा केही बृद्धि हुने भने देखिन्छ ।

चलखेलको क्रममा उचालिएको कम्पनी बाहेकका कम्पनीहरु छानेर लगानी गर्दा बजारमा करेक्सन आएको अवस्थामा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था भने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS