उपसभामुख तुम्वाहाम्फे बनिन् कानुन मन्त्री

Citizen Life Insurance Co

काठमाडौं । नेकपालाई नयाँ सभामुख चयन गर्न मार्गप्रसस्त गर्न उपसभामुखबाट राजिनामा गर्न आनाकानी गरेकी सांसद शिवमाया तुम्वाहाम्फे कानुन मन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्वाहाम्फेलाई कानुन मन्त्रीमा नियुक्त गरेका छन् ।

उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादवले राजिनामा दिएपछि रिक्त रहेको थियो । तुम्बाहाम्फेलाई अपरान्ह १५m३० बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ गराउने तयारी गरिएको छ । तुम्वाहाम्फेलाई कानुन मन्त्रीको जिम्मेवारी दिएसँगै राजपालाई सरकारमा सहभागी गराउने सम्भावना न्यून भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार