आश्रमलाई ग्लोबल आईएमई बैंकको सहयोग

Citizen Life Insurance Co

काठमाडौं । ग्लोबल आईएमई बैंकले आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडान गर्न ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको बागमती प्रदेशका डेपुटी प्रदेश प्रमुख दीपेन्द्र कडरियाले शुक्रवार आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

आमाघर सेवा आश्रमका अध्यक्ष उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै बैंकले गरेको सहयोगको प्रशंसा गरे । आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले ग्लोबल आईएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने पहिलो बैंक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार