सञ्चय कोषमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

Citizen Life Insurance Co

पोखरा । माछापुच्छ्रे बैंकले पोखराको बिरौटास्थित सञ्चय कोषको भवनमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका गण्डकी प्रदेश प्रमुख भुवनसिंह खत्री र सञ्चय कोषका पोखरा प्रमुख दिलीपराज पौडेलले काउन्टरको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सञ्चय कोषका ग्राहक तथा आसपासका सर्वसाधारणलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको बैंकका प्रदेश प्रमुख खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार