सूर्या लाइफको संस्थापक शेयर बिक्री गर्दै एनआइसी एशिया, फागुन १३ सम्म बोलपत्र पेश गर्न सकिने

Citizen Life Insurance Co

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताहरुले उक्त शेयर खरिदका लागि फागुन १३ गतेसम्म बोलपत्र पेश गर्न सक्ने जनाएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंक, थापाथली, विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार