आईसीएफसी फाइनान्सको फागुन १३ देखि ऋणपत्र निष्काशन विक्री खुला

Citizen Life Insurance Co

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले फागुन १३ गतेदेखि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ करोड रुपैयाँ बराबरको ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुटाइएको छ ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। ७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने जनाएको छ ।

फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सो ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार