IME Life

फागुन २२ देखि एनएलजीको ६०% हकप्रद शेयर विक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३८ करोड ४२ लाख ४३ हजार ७५० रुपैयाँ बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसकारण माघ २६ गते आइतबारसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् ।

Prabhu
Crest

उक्त हकप्रद शेयरमा चैत १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्राले एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनका लागि इक्रा एनपि आईपिओ ग्रेड ३ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS