IME Life

‘प्राध्यापन पेशासँगै बीमा व्यवसायमा लागेँ, १५ वर्षमा बीमा सम्राट बने’

SPIL
NIC ASIA

लामो समयसम्म शिक्षण पेशामा आबद्ध शोभाकर अधिकारी छोटो समयमा नै बीमा क्षेत्रमा जम्न थाले । शिक्षण पेशा उनको दैनिकी थियो तर बीमा अभिकर्ता पेशा पनि ज्ञान आदन प्रदान गर्ने पेशा भएकाले उनी त्यस पेशामा आकर्षित भए । उनी हालसम्म पनि सप्तगण्डकी बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत छन् । प्राध्यापक र बीमा व्यवसाय पेशा एकै साथ अंगाल्दै आएका अधिकारी कलेजमा विद्यार्थीहरुलाई प्राध्यापन गरेर बाँकी रहेको समय बीमा व्यवसायमा खर्च गर्दछन् ।सशस्त्र संघर्षको समयमा माओवादीको आरोपमा प्रहरीले झूठो मुद्दा लगाएर लामो समयमा हिराशतमा राख्यो । हिराशतभित्रै हुँदा उनले बीमाबारेमा ज्ञान पाएका थिए । उनी भन्छन् ‘मेरो जीवनमा यस्तो मोड आयो । मलाई विभिन्न कारणले प्रहरीको हिरासतमा कठोर यातना र बन्दी बनाउने काम भयो । म जेलमा बस्दा मैले धेरै यातनाहरु सहन पर्यो । म आफै र मेरो यी आँखाहरुले देखिरहेका ती स्तब्द यातनाले मलाई मर्माहित बनाउथ्यो म आफैलाई सर्म लाग्थ्यो ।’

कलेजमा व्यवस्थापन प्राध्यापन गर्ने अधिकारी बीमा व्यवसायको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासमा ठूलो भिन्नता रहेको अनुभव सुनाउँछन् । “म आफै व्यवस्थापनको विद्यार्थी भएकाले बीमा सम्बिन्धी अध्ययन गर्नुपर्दथ्यो । अध्ययनको विषयवस्तु एउटा रहेछ भने बुझाइको विषय वस्तु अर्को रहेछ । मलाई कुनै अभिकर्ताले बीमा प्रस्ताव गर्न आउदा म आफै सिधै अस्वीकार गर्थे । जब म हिरासतबाट फर्के र एउटा रङगीन संसारमा डुबे । त्यसपछि म जीवन बीमा अभिकर्ता पेशामा लागि परे ।” अधिकारी विगतका दिन सम्झदै भन्छन् ।

Prabhu
Crest

मानव जीवनमा जे पनि हुनसक्छ । ‘भोलि कसले देखेको छ र ?’ मानव जीवनमा बीमा अनिवार्य रहेको बताउने अधिकारी विभिन्न माध्यमबाट विना कारण प्रहरीको हिरासतमा बस्न बाध्य भएका एक पीडित हुन् । ‘भोलि मलाई केही भइपरी आयो भने मेरो परिवारले राहत पाउनेछन् । भोलि मलाई जस्तो आपत अरुलाई पनि पर्छ भन्ने सोचे र बीमा क्षेत्रमा अघि बढ्ने प्रेरणा आफैले अगाडी बढाए’ अधिकारी भन्दछन् ।

जीवन बीमा भविष्यमा पर्ने जुनसुकै क्षति तथा जोखिम, जन्मसँगसँगै मृत्यु अनिवार्य छ । सबै मृत्यु प्राकृतिक रुपमा हुन्छन् भन्ने छैन । कुनै कुनै अकाल तथा अस्वाभाविक पनि हुन्छ । त्यसकारण जीवन तथा सम्पति जसरी सिर्जना भएको हुन्छ, त्यसैगरी जीवनको मृत्यु तथा सम्पतिको नाश हुन्छ । यसले पार्ने प्रभाव मानवीय रुपमा तथा भौतिक रुपमा विकराल हुनसक्छ जसका लागि जोखिमको सिद्धान्त अनुसार बीमालाई सम्भावित जोखिमबाट पर्न सक्ने असरहरुलाई कम गर्न बीमा अनिवार्य गर्नुपर्दछ । वित्तीय व्यवस्थापनको रुपमा पनि बीमालाई अनिवार्य अंगाल्नुपर्छ ।

‘जीवन बीमा बचत, सुरक्षा तथा लगानी तीन वटै कुरा भएकाले म बीमाप्रति आकर्षित भए ।’ अधिकारीले बीमालाई ऐकेडेमिक रुपमा व्याख्या गर्दै भने । ‘मैले लगभग बीमा क्षेत्रमा १५ वर्ष पुरा गर्न लागिसके । धेरै बीमितहरुसँग सम्बन्ध गाँसे र जीवन बीमा लगानी बचत तथा सुरक्षा हो भन्ने चेतना फैलाउन सफल भएको छु ।’

शोभाकर अधिकारी, एजेन्सी म्यानेजर, एलआईसी नेपाल

बीमा क्षेत्रमा लागेर पाएका सफलता बारे चर्चा गदै अधिकारी भन्दछन्, ‘म एमडिआर्टीको समेत सदस्य भइसकेको छु । यो पेशाप्रति म गर्भ गर्छु । मैले बीमा सम्राटको पनि उपाधी हासिल गरिसकेको छु । मैले बीमा अभिकर्ता पेशा अगालेपछि जीवनमा धेरै कुरा सिक्ने मौका पाए । स्नातकोत्तरको सोध अनुसन्धानमा पनि मैले बीमा विषयलाई रोजे र जीवन बीमाको बारेमा झन धेरै बुझने मौका पाए । म धेरै खुशी छु ।’

बीमा अभिकर्ता पेशा सामाजिक पेशा भएको बताउने अधिकारी बीमालाई आर्थिक व्यवस्थापनको एक पाटोको रुपमा बुझ्न सकेमा जीवन सार्थक हुने बताउँछन् । जीवन बीमाका लागि आयस्रोतको पनि मूल्याङ्कन् गर्नुपर्ने बताउने अधिकारी बीमा गरिसकेपछि प्रिमियम बुझाउदै जानुपर्ने सबैलाई सम्झाउनु पर्ने अवस्था रहेको बताउँछन् ।

बीमालाई राम्रोसँग बुझेका तथा अनुभनी अभिकर्ताबाट बीमा गराएमा भने भोलि भइपरी आएको खण्डमा दावी भुक्तानी तथा सेवा सुविधा छिटो पाउन सकिने बताउँछन् आफूलाई बीमा सम्राट भन्न रुचाउने अधिकारी ।

बीमा मार्फत बचत र जोखिम दुवै बहन गर्दा पनि बीमाअभिकर्तालाई हेर्ने नजर राम्रो नभएकोमा भने समाजप्रति गुनासो गर्ने गर्दछन् । समाजमा रहेका गलत धारणाप्रति गुनासो गर्दै भन्दछन्, ‘यो व्यक्ति मेरो सुरक्षाका लागि भन्दा पनि आफ्नो आय आर्जनका लागि आएको हो भन्ने भ्रम छ । तर बास्तमा त्यो हैन् । जनमानसमा आग्रह गर्छन् । आय आर्जन बीमा कुनै पनि पेशा मानिसहरु खटिएका हुदैनन् । चाहे चिकित्सा होस वा वक्किल होस उसले सेवा गरे मार्फत पारिश्रमिक लिएको हुन्छ । तर यही एउटा बीमा पेशालाई मानिसहरुले बुझका छैनन् ।’

एलआईसी नेपालको सिनियर एजेन्सी अधिकारी अभिकर्ताले आफ्नो निश्चित दायित्व तथा जिम्मेवारी पनि भुल्न नहुने बताउँछन् । ‘जुन व्यक्तिले बमिा गराएका हुन्छन् बीमाको समयअवधि अलि लामो हुन्छ सो अभिकर्ताहरुले उक्त अवधिसम्म किस्ता तिर्ने, बिल दिने, परेको समयमा ऋण दिने, लगायतका विभिन्न वित्तीय परामर्श दिने कुराहरु बीमा अभिकर्ताको कर्तव्य हो ।’ अधिकारीको भनाई छ । कुनै कुनै बीमा अभिकर्ताले गलत काम गरे भन्दैमा सबैलाई एउटै तराजुमा राखेर हेर्न नहुने बताउँछन् । बीमा अभिकर्ता भनेको कम्पनीका आधिकारिक प्रतिनिधि भएकोले हरेक अभिकर्ताले आफूलाई कम्पनीको आधिकारिक व्यक्ति ठानेर दायित्व पूरा गर्नुपर्ने धारणा राख्दछन् । आम जनताका बीचमा जीवन बीमा जनचेतना फैलाएर बीमा अभिकर्ताले बीमा व्यवसायप्रतिको दायित्व भुल्न नहुने उनको धारणा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS