IME Life

बीमालेख धितोमा झण्डै ४० अर्ब कर्जा, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा बचत पनि हो । बचत गरेकै कारण जीवनबीमा लेख धितोमा आवश्यक प्रक्रिया पूरा गरेर सजिलै कर्जा लिन सकिन्छ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ४० अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको छ । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले गत बर्षको सोहि अवधिमा २५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
गत बर्षको तुलनामा १९ वटा जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा १४ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाहमा बृद्धि भएको छ ।

समिक्षा अवधिमा बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमालेख धितोकर्जा प्रवाह गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १५ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १० अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जामा ५ अर्ब ६३ करोड रुपैयाँले बढी हो ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ११ अर्ब ८७ करोड रुपैयाँ बीमलेख धितोकर्जा प्रवाह गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७८ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जा ४ अर्ब २ करोड रुपैयाँले बढी हो ।

त्यस्तै, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ३ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत बर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह १ अर्ब २८ करोड रुपैयाँले बढेको हो ।

नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै युनियन लाइफ इन्स्योरेन्सले कर्जा प्रवाह गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५० करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत बर्ष तुलनामा कम्पनीको बीमालेख धितोकर्जा ४२ करोड ७० हजार रुपैयाँले बढी हो ।

गुराँस लाइफले पुस मसान्तसम्ममा ४४ करोड १८ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १७ करोड ८४ लाख रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह गरको छ ।

त्यस्तै, सन नेपाल लाइफले दोस्रो त्रैमासको अन्त्यसम्ममा १५ करोड ६१ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २६ करोड २४ लाख रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह गरको छ ।

समिक्षा अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा एकल बीमालेख बिक्रि गरेर ८ करोड ४१ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

त्यस्तैगरी, सबैभन्दा कम बीमालेख धितोकर्जा प्रवाह गर्ने कम्पनीमा प्रभु इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु इन्स्योरेन्सले पुस मसान्तसम्ममा ५३ लाख ८४ हजार रुपैयाँ र सानिमा लाइफ इन्स्योरेन्सले ४३ लाख ५४ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS