IME Life

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले माघ २८ गते मंगलबार देखि निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने म्याद थप भएको छ ।

उक्त ऋणपत्रमा छोटो अवधिभित्र आवश्यक आवेदन नपरेपछि लामो अवधि अर्थात फागुन २८ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

Prabhu
Crest

बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरका कूल २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।

दश वर्ष अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्ध वार्षिक रुपमा प्राप्त गर्नेछन् । बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ्ग अनुसार उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग दिएको छ ।

निष्काशित ऋणपत्रमध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणहरुका लागि (५० हजार कित्ता म्युचुअल फण्ड सहित) र एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिआस्वा प्रणालीमा आबद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ। उक्त ऋणपत्रमा फागुन २८ गतेसम्म आवेदन दिन सकिन्छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS