IME Life

नेपाल लाइफ, नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमान्डौ : नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को दोश्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा : 
नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ०८ करोड रहेको छ त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता २ अर्ब १ करोड रहेको छ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा २ अर्ब ६१ करोड संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ६९ करोड ६ लाख रुपैयाँ संचित छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ४७ करोड ५३ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ६१ अर्ब ०९ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
नेपाल लाईफले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गरको छ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७ अर्ब ६९ करोड कुल बीमा शुल्क आर्जन गरको छ र नेशनल लाईफ इन्स्योरेन्सले ३ अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ६ महिनाको अवधिमा नेपाल लाईफले ३५ करोड ९ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले २३ करोड ५८ लाख खुद नाफा गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७ करोड ६८ लाख खुद नाफा गरेको छ ।

नेपाल लाईफको प्रति शेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा, नेशनल लाईफको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३० पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति शेयर आम्दानी ७ रुपैयाँ ६५ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS