कामना सेवा बैंकले संचालनमा ल्यायो कल सेन्टर

Citizen Life Insurance Co

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आजबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ । जसबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० तथा कामना सेवाको ग्राहक सेवाको वेवसाईटमा मा सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार