IME Life

ओरियन्टल इन्स्योरेन्सले छ महिनादेखि वित्तीय विवरण सार्वजनिक गर्न सकेन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिबाट नेपालमा बीमा कारोबारको लागि अनुमति प्राप्त भारतीय कम्पनी ओरियन्टल इन्स्योंरेन्सको नेपालस्थित शाखा कार्यालयले विगत छ महिनादेखि वित्तीय विवरण प्रकाशन गर्न सकेको छैन ।

Prabhu
Crest

नेपालको प्रचलित कानुन बमोजिम प्रत्येक तीन महिनामा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भएपनि सात महिना बित्दा समेत प्रथम त्रैमास र दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न नसकेको हो । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने अन्तिम दिन हिजो माघ २९ गतेसम्म पनि प्रथम तथा दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न नसकेको हो ।

ओरियन्टल इन्स्योंरेन्स इण्डियाको नेपालस्थित शाखा कार्यालयले विगत सात महिनादेखि वित्तीय विवरण सार्वजनिक गर्न नसक्दा अन्योलता उत्पन्न भएकोछ । कम्पनीले गत साउन १ गते यताको वित्तीय विवरण नै तयार गर्न नसकेपछि सार्वजनिक रुपमा प्रकाशन गर्न सकेको छैन भने वेभसाईटमा समेत अपडेट गर्न सकेको छैन ।

हालसम्म सूचना अधिकारी समेत नियुक्त नगरेको कम्पनीले सो सम्बन्धमा कुनै प्रतिक्रिया दिन चाहेको छैन । बीमा समितिका अनुसार त्रैमास सकिएको एक महिनाभित्रमा वित्तीय विवरण प्रकाशन गरिसक्नु पर्नेछ । त्यसरी वित्तीय विवरण प्रकाशन नगर्ने कम्पनीमाथि बीमा समितिले कारवाही गर्न सक्ने बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS