IME Life

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

भरतपुर । डिप्रोक्स लघुवित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बलेवाले संस्थामा आबद्ध समुह सदस्यहरुलाई एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सहजिकरण कर्मचारी कल्यण अधिकारी र शिबराम पाण्डेले गरेका हुन् ।

उक्त कार्यक्रममा ५८ जना सदस्यहरुको उपस्थित रहेको थियो भने डिप्रोक्स लघुबित्त बित्तीय संस्था लिमिटेडका गण्डकी प्रदेश प्रमुख मधुसुदन हुमागाई, अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेल, शाखा प्रबन्धक बिकाश खनाल,कर्मचारी कल्याण अधिकारी र शिबराम पाण्डेकोे उपस्थिति रहेको थियो ।

Prabhu
Crest

कार्यक्रममा बलेवा, बागलुङ्ग शाखाका शाखा प्रबन्धकले शाखाले प्रदान गरेका बस्तु तथा सेवाको बारेमा जानकारी गराउनु भएको थियो,प्रदेश प्रमुख मधुसुदन हुमागाईले संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा जानकारी दिएका थिए ।

अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले बित्तीय साक्षरता भनेको के हो ? यसमा के के पर्दछन् ? यसको महत्व किन छ ? र बित्तिय जानकारी विना गरिने बित्त सम्बन्धि कुनैपनि कृयाकलाप फलदायिक हुंदैनन् भन्दै उपस्थित सदस्यहरुलाई बित्तिय शिक्षा दिंदै सबैलाई बित्तीय साक्षर हुन आग्रह समेत गरे ।

त्यसैगरी उक्त कार्यक्रमा प्रथम, द्धितिय र तृतिय हुन सफल ३ वटा केन्द्रलाइ नगद तथा प्रमाण पत्र द्धारा सम्मान गरिएको थियो भने एस.इ.इ.मा समुहमा आबद्ध सदस्यका छोरा÷छोरी मध्येबाट सर्बोकृष्ट अंकका साथ सफल हुने एक जनालाई समेत नगद सहित प्रमाण पत्र द्धारा सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS