SKIP THIS

आइएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो

Citizen Life Insurance Co

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष को दोस्रोे त्रैमाससम्म ६७ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६० करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ११ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा १३ दशमलव ७० प्रतिशतले मात्र वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले १ हजार ८ सय ६९ वटा बीमा दाबी वापतको २ लाख २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले समिक्षा अवधिसम्ममा २ हजार ७ सय ९८ वटा बीमा दाबी वापतको ७६ करोड ८२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ छ भने जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ संचित रहेको छ ।त्यस्तै, कम्पनीको बार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ५ पैसा रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार