सिटिजन्स बैंक र म्याक्स मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र म्याक्स मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) सम्झौता भएको छ । सम्झौताअनुसार म्याक्स मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको पैसा सिटिजन्स बैंकको सबै शाखाबाट भुक्तानी पाइने जनाएको छ ।

बैंकका ८९ ओटा शाखा छन् । साथै बैंकले ९० ओटा एटीएम र १०३ ओटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रवाह गर्दै आएको छ । ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार