IME Life

प्रिमियर इन्स्योरेन्सको कूल बीमा शुल्क ९८ करोड, नाफामा सामान्य सुधार

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहिवार प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा ९८ करोड २४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ५४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धी बनेको बीमा बजारमा बीमा शुल्क उल्लेख्य रुपमा आर्जन गर्न सफल हुँदै प्रिमियर इन्स्योरेन्सले व्यवसायिक दक्षता प्रदर्शन गरेको छ ।

Prabhu
Crest

एक अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा २१ करोड २ लाख ३६ हजार रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ६० करोड १० लाख ५३ रुपैयाँ मात्र संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष घटेको हो ।

पुष मसान्तसम्ममा कम्पनीको बीमा कोषमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ मात्र रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीले ५३ करोड २० लाख रुपैयाँ कूल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८६ लाख रुपैयाँ कुल् दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कूल दाबी भुक्तानी घटेको हो ।

त्यस्तै, यस अवधिसम्म कम्पनीले ८१ हजार ८ सय ८४ बीमा लेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ लाख ३ हजार १ सय २१ वटा बीमालेख जारी गरेको थियो ।

यस अवधिसम्म कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रति शेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७५ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS