IME Life

दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्सको बीमाशुल्क आर्जन १ अर्ब २३ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म १ अर्ब २३ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १४ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा १० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ ।कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ छ भने जगेडा कोषमा २८ करोड १५ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ६२ करोड रुपैयाँ संचित रहेको छ ।

दोस्रो त्रैमाससम्मको अवधिसम्ममा कम्पनीले ३ हजार ४ सय ८८ वटा बीमा दाबी वापत ५७ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गरको छ । त्यस्तै कम्पनीले प्रकाशन गरको वित्तिय विवरण अनुसार ३ हजार ४ सय ६० वटा बीमा वापतको ८४ करोड १२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी भने २० रुपैयाँ ७६६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS