सानिमा लाइफको बीमाशुल्क आर्जन ५४ प्रतिशतले बढ्यो

Citizen Life Insurance Co

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २६ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ५४ दशमलव २० प्रतिशतले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ९५ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा ६७ करोड रुपैयाँ संचित रहेको छ । दोस्रो त्रैमाससम्मको अवधिसम्ममा कम्पनीले ७ वटा बीमा दाबी वापत १० लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गरको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार