IME Life

सञ्चय कोषको व्यापार नपाउँदा पनि राष्ट्रिय बीमा कम्पनी नाफामा, यस्तो छ वित्तीय विवरण

SPIL
NIC ASIA

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६० करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ७२ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १६ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

त्यस्तै कम्पनीले पुस मसान्तसम्ममा ३१ करोड ४४ लाख खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १६ करोड ८४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ८६ प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्ममा कम्पनीले ७ हजार ६ सय २६ वटा बीमालेख जारी गरेको छ भने, ३ हजार १ सय १० वटा नविकरण बीमालेख जारी गरेको छ ।हाल कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ संचित रहेको छ । पुस मसान्तसम्ममा कम्पनीले १ हजार ४० वटा बीमा वापतको ३ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS