लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो ६१ करोड ८१ लाख बीमाशुल्क आर्जन

Citizen Life Insurance Co

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६१ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा ० दशमलव ६५ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले महाविपत्ती जगेडा कोषमा ५ करोड ३८ लाख रुपैयाँ छुटाएको छ ।कम्पनीको कुल दावी भुक्तानी रकम ३९ करोड ३३ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकि रकम ५७ करोड ८३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार