IME Life

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब २२ करोडमाथि, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकको समेत लगानी रहेको नेपालस्थित स्टाडर्ड चार्टर्ड बैंकले चालु आवको दोस्रो त्रैमाससम्मा १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest

गत आवको तुलनामा यस आवमा ७.१२ प्रतिशत नाफा वृद्धि गर्दै सो सफलता हात पार्न सफल भएको हो । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

मंगलबार बैंकले छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै चालु आवको पुस मसान्तसम्ममा वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको देखिएको छ ।

समीक्षा अवधीमा बैंकले निक्षेप संकलनमा ६.३५ प्रतिशत र कर्जा प्रवाहमा २.२६ प्रतिशतको वृद्धि गर्न सफल भएको छ । छ महिनामा बैंकले ८० अर्ब ५४ करोड ७ लाख रुपैयाँ निक्षेप संकल गरी ५४ अर्ब २९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तिीय विवरणमा उल्लेख छ ।

वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा पाँच अर्ब ९ करोड ९० लाख रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधीमा बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा, प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात १९.१३ गुणा कायम भएको छ । पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ०.१७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS