प्रभु लाइफको बीमा शुल्क आर्जनमा ११० प्रतिशतको वृद्धि , कस्तो आयो दोश्रो त्रैमास ?

Citizen Life Insurance Co

काठमान्डौ: प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६/७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ११० प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४  करोड ८७  लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो ।

 

कम्पनीको जगेडा कोष १२४ प्रतिशतले वृद्धि भएर १४ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो  आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने १९८ प्रतिशतले बढेर ५१ करोड ९० लाख रुपैयाँ पुगेको छ ।  जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको ठुलो महत्तो हुन्छ।

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३ करोड ५८ लाख खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा  र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार