IME Life

आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भागभाग

SPIL
NIC ASIA

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ आगो लाग्दा यात्रुहरुको भागाभाग भएको छ । विमानस्थलको कफी शपबाट आगोको मुस्लो निस्किएपछि बोर्डिङ पास लिएर जहाज चढ्न तयार यात्रुहरु भवनबाट निस्केर जहाज पार्किङतर्फ भागेका थिए ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफी शपमा विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । यद्यपि विस्तृत विवरण आइसकेको छैन । आगो तत्कालै दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । आगोको मुस्लो निस्किएको झण्डै दुई मिनेटपछि बल्ल दमकल आईपुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कतार एयरवेजले यात्रुहरु जहाजमा चढाइरहेको समयमा उक्त आगो लागेको थियो । आगो लागीको कारण जहाजहरुको उडान केही ढिलाई भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS