सहयोगी विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमास

Citizen Life Insurance Co

काठमाडौं । सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस त्रैमाससम्ममा अधिकांश सूचकमा सामान्य वृद्धि गरेको छ । यसअवधिसम्म आइपुग्दा बैंकले ५ करोड ६२ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष यसैअवधिमा सहयोगीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी पनि ९.२७ प्रतिशतले बढेर १२ करोड ११ लाख ६७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १.४० प्रतिशतले बढेर ८ करोड २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार