IME Life

महालक्ष्मी लाइफको वर्षदिनः संघर्षपूर्ण सुरुवात, अब्बल कम्पनीको गोरेटोमा

SPIL
NIC ASIA

 

काठमाडौं । सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा गत वर्षको माघ २७ गते श्रीपञ्चमीको दिनदेखि औपचारिक रुपमा बीमा कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरी आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । जीवन बीमा कम्पनीको रुपमा कान्छो भएपनि नेपालमा जीवन बीमा व्यवसाय, बीमा जनचेतना र बीमा अभ्यासमा दीर्घकालिन सोच, योजनाको जग बसाल्न सफल महालक्ष्मी लाईफ अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरुलाई चुनौतिका पहाड सिर्जना गर्दै र बीमकहरुलाई पुराना कम्पनीको विकल्पको रुपमा अघि बढिरहेको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनी भन्ने वित्तिकै पुराना कम्पनीलाई नयाँ कम्पनीले चुनौति दिन असम्भव जस्तै मानिन्छन् । पुराना कम्पनीको जीवन बीमा कोषमा अर्बौ रुपैयाँ जम्मा भइसकेको हुन्छ । उनीहरु निकै बलियो खम्वा गाडि सकेका हुन्छन् । नयाँ कम्पनीले जति नै काम मेहनत गरेपनि भेट्न सम्भव हुँदैन । त्यसैले महालक्ष्मी लाईफले सबैभन्दा आफूलाई नयाँ कम्पनी भएर पनि पुराना कम्पनलाई चुनौति दिने दोब्बर ग्यारेन्टी सहितको बीमा योजना सार्वजनिक गर्यो । पुराना कम्पनीहरुले ३२।३५ रुपैयाँ बोनस दिइरहेको सन्दर्भमा कान्छो कम्पनीको चुनौति दीर्घकालिन योजनाका साथ ल्याइएको थियो ।

नेपाली बीमा बजारमा बीमा कम्पनीहरुको सङख्यामा वृद्धि भएको भन्दै विज्ञहरुले आलोचना गरिरहेको समयमा कान्छो जीवन बीमा कम्पनीको रुपमा आजैका दिन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रवेश भएको थियो । त्यो पनि नियमित प्रक्रियाबाट नभई अदालतको आदेशबाट । सँगै आवेदन दिएका कम्पनीहरुले बीमा समितिबाट अनुमति पाउँदा महालक्ष्मी लाईफको दर्ता रोकियो । झण्डै एक वर्षको संघर्षपूर्ण लडाईपछि अन्ततः आजैको महालक्ष्मी लाईफको औपचारिक जन्म भएको थियो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७४ जेठ ८ गते नै अन्य नयाँ १० कम्पनीसँगै बीमा समितिमा आवेदन दिएको थियो । सो समयमा पूँजी जुटाउन ढिला भयो । सोही कारण कम्पनीले केही समय लफडा व्यहोर्नुपरेको थियो । बीमा समितिले माघ १ गते संचालन लाइसेन्स प्रदान गरेको महालक्ष्मीले कमलपोखरीमा एक कार्यालय भाडामा लिएर अत्यन्तै चुस्तदुरुस्त तरिकाले माघ २७ गतेबाट देशैभरिमा छ वटा शाखा एकै पटक सञ्चालनमा ल्याएको थियो ।

बुढ्यौलीमा रमेश कुमारको तन्नेरो इनिङ
बीमा बजारमा कान्छो कम्पनीको रुपमा प्रवेश गरिरहँदा अन्य कम्पनीहरुलाई भने कान्छो बीमा कम्पनीका हस्ती अर्थात सिईओ रमेश कुमार भट्टराईकै कारण चुनौतिपूर्ण देखिरहेका थिए । नयाँ खुलेका १० वटा बीमा कम्पनीले कारोबार सुरु गरिसकेका थिए । पुराना ७ वटा बीमा कम्पनी त छदैछन्, सिईओ रमेश कुमार भट्टराईले कान्छो कम्पनीको रुपमा बीमा व्यवसाय सुरु गरिरहँदा जे जे चुनौति छन्, सबैलाई अवसरको चश्माले हरे । सिईओ भट्टराई भन्दछन्, ‘हामीमा चुनौती र अवसर दुबै रहेको थियो । जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ भनेर हामीले चुनौतीमा पनि अवसरको बाटो खोज्न थाल्यौ ।’

बीमा क्षेत्रका सबैभन्दा पुराना र संघर्ष गरेर धेरै कम्पनी चालेका रमेश कुमार भट्टराइ महालक्ष्मीको लागि सबैभन्दा ठूलो ब्राण्डिङ थियो । महालक्ष्मी लाईफ भन्दा पनि रमेश कुमार भट्टराई सिईओ भएको बीमा कम्पनी भन्ने छाप बजारमा पर्यो ।

बीमा तथा बैकिङ क्षेत्रमा ३५ वर्ष काम गरेका उनै भट्टराईको परिचयलाई पछ्याउँदै महालक्ष्मी लाईफले आफ्नो यात्रा शुभारम्भ गरेको थियो । हुन पनि कम्पनीले औपचारिक कारोबार सुरु गर्नुअघि नै सिईओ भट्टराई देश दौडाहा निस्किए, र महत्वपूर्ण शहरहरु पोखरा, बीरगन्ज, बुटवल, नेपालगन्ज, सुर्खेतमा छोटो समयमा नै बलियो पकड बनाउन सफल भए ।

यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अनुभवी भट्टराईको युवा जोशले महालक्ष्मी जुरुक्कै तह माथि उठ्न पुग्यो । हुन पनि भट्टराई जहाँ पुग्थे, विहानै चिटिक्क परेको फोटो समाजिक सञ्जालमा पोष्ट गर्दै बीमा व्यवसायलाई एकाविहानै जुरुक्कै पार्दथे । बुढ्यौली उमेर पनि अन्य बीमा कम्पनीहरु विहान उठ्दा महालक्ष्मीका सिईओ भट्टराईले अभिकर्ताहरुलाई छुरा झै तिखार्न भ्याइसकेका हुन्थ्ये । व्यवहारले आफूलाई बीमा क्षेत्रमा बाघ भन्ने देखाएका भट्टराईको किशोरावस्थाको इनिङका कारण महालक्ष्मी लाईफले एउटा लय पकड्न सफल भइसकेको छ ।

संघषपूर्ण लाइसेन्स प्रकृया
अन्य नौ वटा नयाँ कम्पनीले लाइसेन्स पाँउदा महालक्ष्मी लाइफको लाइसेन्स रोकियो । पूँजी नपुराएको भन्दै सो कम्पनीलाई अर्थ मन्त्रालयले लाइसेन्स रोकेको थियो । अन्य कम्पनीलाई सरकारले अनुमति दिएर कारोबार सुरु गर्दा महालक्ष्मी लाईफ आफ्नो जन्मको लागि न्यायको लडाई लड्दै थियो । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि महालक्ष्मीले सञ्चालन स्वीकृति पाएको थियो ।

संगठन संरचना
पाँच जना कर्मचारीबाट जीवन बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्समा हाल दुई सय १० जना कर्मचारीहरु आवद्ध छन् । कम्पनीको हाल देशैभरि ६० वटा कार्यालयहरु खोलिसकेको छ । उपत्यका बाहिर हाल ४८ वटा शाखाहरु रहेका छन् भने ११ वटा कार्यालयहरु उपत्यकाभित्र रहेका छन् । गत वर्ष माघ २७ गते काठमाडौं, बीरगन्ज, बुटवलसहित एकैसाथ छ वटा शाखाबाट कारोबार सुरु गरेकामा त्यसयता ५३ वटा नयाँ शाखा कार्यालय स्थापना गर्न सफल भइसकेको छ । यस आधारमा हेर्ने हो भने औषतमा कम्पनीले सातामा एक वटा शाखा कार्यालय स्थापना गर्दै अघि बढेको देखिएको छ ।

अन्यलाई चुनौति दिने जीवन बीमा योजना
महालक्ष्मी लाईफले ९ वटा जीवन बीमा योजनाहरु सञ्चालन गर्दै आएको छ । बीमा बजारमा आफनो छुटै पहिचान बनाउनको लागि कम्पनीले केही फरक खालको पोलिसी ल्याएको जनाएको छ । महालक्ष्मीका बीमा योजनामध्ये डबल सावधिक जीवन बीमा योजना निकै प्रभावकारी बनेको छ ।

त्यस्तै महालक्ष्मीले सरल बीमा योजना, जीवन बीमा हेरचाह बीमा योजना, जीवन सुरक्षा बीमा योजना, महालक्ष्मी बार्षिक धनर्फिता बीमा योजना सञ्चालन गर्दै आएको छ । यी जीवन बीमा योजना बजारमा रहेका अन्य बीमा कम्पनीका योजनाभन्दा छुटै रहेको कम्पनीको दावी छ ।

‘बजारमा रहेको बीमा योजना भन्दा केही फरक पोलिसी पनि ल्याएका छौ । आगामी दिनमा पनि नेपाली बजार सुहाँउने बीमा योजना ल्याउने प्रकृयामा हामी लागी परेका छौ । एक बर्षको दौरानमा सर्वाधिक जीवन बीमा योजना सबैभन्दा बढी बिक्रि भएको छ ।’ सिईओ भट्टराईले भने ।

चुस्त दुरुस्त अभिकर्ता सञ्जाल
महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीमा सात हजार ५ सय जना बीमा अभिकर्ताहरु आवद्ध रहेका छन् । बीमा कम्पनीमा कारोबार भित्र्याउने मुख्य मेरुदण्डको रुपमा रहेको अभिकर्ता नै हुन् । अभिकर्ताहरुको भिड भन्दा पनि प्रभावकारी चुस्तदुरुस्त टिम बनाउने अभियानमा जुटेकोछ । अभिकर्ताको लागि कम्पनीले समय–समयमा तालिम र सोमिनार गरेर क्षमता अभिवृद्धिमा बिशेष ध्यान दिएको छ ।

‘हामीले बजारमा रहेका ५ प्रतिशत पुरानो र ९५ प्रतिशत नयाँ अभिकर्ताहरुमार्फत व्यवसाय सुरु गरेका हौ । सुरुका दिनमा थोरै मात्रामा पुरानो अभिकर्ताको माध्यमबाट अगाडि बढ्नको लागि केही समयको लागि कठिन पनि भएको थियो । तर हामीले नयाँ अभिकर्तालाई नै तालिम दिएर अगाडि बढाउँदा दीर्घकालीन रुपमा कम्पनी अगाडि बढ्ने हेतुले नँँया अभिकर्तालाई नै तालिम दिएर अगाडि बढाउने कार्यमा लाग्यौ जसको नतिजा हामीले कारोबारमा देखिसकेका छौ ।’ सूचना अधिकारी तथा डेपुटी सिईओ कमल पन्थीले भने ।

बीमा शुल्क आर्जनको अवस्था
आर्थिक बर्ष २०७५।७६ को माघ २७ गते देखि सञ्चालनमा आएको कम्पनीले गत बर्षको दोस्रो त्रैमाससम्ममा तीन करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । त्यस्तै कम्पनीले गत बर्षको चौथौ त्रैमाससम्ममा २५ करोड ५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ३५ करोड ६४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने दोस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

नेपाल पुनर्बीमादेखि म्युनिख रीसँग सम्बन्ध गाँसियो
महालक्ष्मी लाईफको अर्को सफलता भनेको विश्वकै अग्रणी कम्पनीसँग उसले सहकार्य गरेको छ । हरेक बीमा कम्पनीले पुनबीर्मा गर्नु अनिवार्य छ । त्यस्तो पुनर्बीमा छरितो, भरपर्दो र विश्वासिलो नहुँदा भोलिका दिनमा दुःख पाउन पनि सकिन्छ । त्यसैले महालक्ष्मीले म्यूनिख रिसँग सम्बन्ध बढाउने निर्णय गर्यो । अहिले नेपाल पुनर्बीमा र म्युनिख रीसँग आवद्ध भएर काम गरिरहेको छ । ‘हामीले कम्पनीको २० प्रतिशत नेपाल रीमार्फत गरेका छौ भने ८० प्रतिशत पुर्नबीमा सम्बन्धि कारोबार म्युनिख री मार्फत गरेका छौ ।’ महालक्ष्मी लाईफका अर्का डेपुटी सिईओ रामेश्वर श्रेष्ठले भने ।

महालक्ष्मी लाईफका चुनौती र अवसर
महालक्ष्मी इन्स्योरेन्सको चुनौतिमा कान्छो कम्पनी भएकाले विश्वास दिलाउन गाह्रो एउटा चुनौति हो । आफूभन्दा अगाडि नै १८ वटा कम्पनीले बजारमा प्रतिस्पर्धा सुरु गरेकोले ढिलो आएको कम्पनीलाई स्थापित हुन संघर्ष गर्नुपर्ने देखिन्छ ।

म्पनीको अर्को चुनौति भनेको प्रतिस्पर्धा हो । बीमा बजारमा केही हदसम्म अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेकोले त्यसको सामना गरेर अगाडि बढ्ने कम्पनी नै भविष्यमा अब्बल ठहरिन्छ ।

अर्को चुनौति भनेको बीमा पहुँचको मारमा पर्नु । नयाँ बीमा कम्पनीहरु खुलसँगै बीमाको पहुँच २५ प्रतिशत पुगेको छ । शतप्रतिशत बीमाको पहुँच हरेक नागरिकको लागि अनिवार्य गरेको अवस्थामा मात्रै सम्भव हुन्छ । भारतमा १ प्रतिशतमा पनि बीमाको पहुँच छैन । तर, नेपालमा २५ प्रतिशत पुगेको सत्य हो भने अबको केही समयपछि सबै कम्पनीहरुलाई नयाँ व्यवसाय बृद्धिमा चुनौतिपूर्ण नै हुनेछन् ।

आगामी रणनीति
बीमा क्षेत्रमा अझै पनि बीमा चेतनाको अभाव रहेको छ । बीमा व्यवसायको साथ–साथै बीमा बजारमा चेतना समेत विस्तार गर्ने हाम्रो योजना रहेको छ । बीमा क्षेत्रमा व्यापारलाई मात्र विस्तार गरेर हैन हामीले आफनो विश्वासलाई पनि तिकाईराख्नु जरुरी रहेको छ । यसको लागि कम्पनी लागी रहेको छ ।

बीमा बजारमा प्रविधिको खाँचो रहेको छ महालक्ष्मी लाईफको निष्कर्ष छ । बीमा बजारमा प्रविधिलाई भित्रयाउन सक्यौ भने केही परिर्वतन आँउछ कि भन्ने हाम्रो अपेक्षामा कम्पनीले काम गरिरहेको छ । ट्याब्लेट बीमाको लागि केही गर्ने रणनीतिमा महालक्ष्मी लाईफ देखिन्छ । स्मार्ट कार्यालय, स्मार्ट र टिम भएको महालक्ष्मी लाईफले स्मार्ट बीमा प्रक्रियाको लागि ट्वाब्लेट बीमाको अवधारणाबाट नतिजामुखी बीमा व्यवसायको अघि बढ्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS