Prabhu Life Ad Final

मेगा बैंककी सिइओ खुञ्जेली सम्मानित

IME PAY

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई उक्त सम्मान प्रदान गरेको हो ।

विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन् ।

NCHL

सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरिन् । उनले अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको बताइन् ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x