Prabhu Life Ad Final

एनएमबि बैंकको नाफा बढ्यो

IME PAY

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड १५ लाख रुपैयाँ संचिती रहेको छ । बैंकको ६ महिनाको वितरण योग्य नाफा एक अर्ब ११ करोड रुपैयाँ छ ।

NCHL

पुस मसान्तसम्ममा बैंकले १ खर्ब २६ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १३ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ। जसबाट बैंकले २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १८ ले बढेर ३० रुपैयाँ ४० पैसा पुगेको छ । निष्क्रिय कर्जा ०.७६ प्रतिशतबाट बढेर १.९६ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ भने १७ रुपैयाँ १६ पैसा घटेर १८८ रुपैयाँ ५५ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी ११.८१ गुणा छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x