दुई कम्पनीको लाभांश शेयरधनीको बैंक खातामा

Citizen Life Insurance Co

काठमाडौं । दुई कम्पनीले बोनश तथा नगद लाभांश शेयरधनीको बैंक खातमा पठाएको छ । आशा लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाठ अनुमोदन भएको नगद लाभांश वितरण गरेको जनाएको छ ।

आशा लघुवित्त वित्तीय संस्थाको गत कार्तिक ७ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट १२ प्रतिशत बोनस पारित भएको थियो । उक्त बोनस असोज १४ गतेसम्म शेयर डिम्याट गरेका लगानीकर्ताको खातामा वितरण गरिएको हो ।

त्यसैगरि बुटवल पावरको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस पारित भएको थियो । सो मध्येको नगद लाभांश माघ २६ गते आइतबारदेखि लगानीकर्ताको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्फत पठाउन सुरु गरिएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार