IME Life

नेपाल एसबिआई बैंकको नाफा घट्यो, यस्तो देखियो अन्य सूचक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब ७ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पुससम्ममा बैंकले एक अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकले २ अर्ब १० करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो ब्याज आम्दानी गत आवको सोहि अवधिको तुलनामा करिब साढे ८ करोडले थोरै हो । गत आवको सोहि अवधिमा बैंकले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४ अर्ब ६४ करोड निक्षेप सङ्कलन गरी ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको सञ्चालन नाफा पनि १ करोड ५४ लाख रुपैयाँ घटेर १ अर्ब ४१ करोड ३४ लाखमा झरेको छ ।

८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषको आकार ३ अर्ब ८५ करोड १४ लाखबाट बढेर ४ अर्ब १० करोड ५१ लाख रुपैयाँ संचिती रहेको छ । पुस मसान्तसम्ममा ७३ करोड ६६ लाख ५५ हजार रुपैयाँ रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५२ पैसा घटेर २३ रुपैयाँ ६९ पैसा कायम भएको छ। कायम हुँदा प्रतिशेयर नेटवर्थ १६८ रपैयाँ ४० पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS