IME Life

साउथवेस्टन स्टेट कलेजमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । वसुन्धरामा अवस्थित साउथवेस्टन स्टेट कलेजले विद्यार्थीहरुलाई लक्षित गर्दै करियर इन मेनेजमेन्ट कार्यक्रम तथा आयोजना गरेको दसौं विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । उपत्यकाका विभिन्न स्कुल र कलेजका युवा वैज्ञानिकहरूद्वारा निर्मित विज्ञान कलामा ३० हजारभन्दा बढीले अवलोकन गरेको सो कलेजले जनाएको छ ।

Crest

माघ २३ गते सुरु भएको दुई दिने सो कार्यक्रम माघ २४ गते समापन भएको छ । प्रदर्शनी समापन कार्यक्रमलाई सम्बोधन गर्दै टोखा महानगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले देशलाई आत्मनिर्भर बनाई अगाडि बढ्न यस्ता प्रदर्शनीहरू सहयोगी हुने बताए । साथै उनले सरकारले यस्ता खालका बौद्धिक र सिर्जनात्मक कार्यहरूको प्रवद्र्धनका लागि आगामी दिनमा राज्यस्तरमै नीति तथा कार्यक्रमहरू बनाई यस्ता संस्थाहरूलाई हरेक खालका सहयोग गर्न तयार हुनुपर्ने औल्याएका छन् ।

कार्यक्रममा क्याम्पस प्रमुख डा.राजेन्द्र केसीले शिक्षाले जीवन जीउने कला सिकाउनु पर्ने बताउँदै गणुस्तरीय, जीवनोपयोगी, अन्तर्राष्ट्रिय बजार उपयोगी शिक्षा नै आफूहरूको मुख्य लक्ष्य भएको बताए । प्रदर्शनीले यस क्षेत्रका विभिन्न संघ संस्थाहरूलाई एकै स्थलमा जम्मा गराई आपसी भेटघाट तथा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको उनले बताए ।

माघ २३ र २४ गरी दुई दिन चलेको उक्त प्रदर्शनीमा साउथवेस्टन स्टेट कलेज, गोल्डनगेट कलेज, ट्रिनिटी कलेजलगायत विभिन्न स्कुल, कलेज तथा संघ संस्थाका ६० वटा स्टल रहेका थिए । यस कार्यक्रममा उर्जाशील, युवा वैज्ञानिकहरूका प्रतिभाहरू ः हेलिकोप्टर, हाइडोलिकक्रेन, भोटिङ मेसिन, सोलारप्लान्ट, इकोसिस्टम, सिएनसि मसिन, थे्रसर मसिन, ब्लाइन्ड गाइडर मसिन, आगलागी नियन्त्रण यन्त्रलगायतका स्थानीय वस्तुबाट निर्मित, प्रविधिमैत्री सामग्रीको प्रदर्शनीका प्रमुख आकर्षकका केन्द्र रहेका थिए । यस कार्यक्रममा रक्तदान, आँखा जाँच कार्यक्रम, निशुल्क स्वास्थ्य परीक्षण र दन्त परीक्षण, व्यारल रोबोट नेपाल र साउथवेस्टन रोबोटिक क्लबको सहकार्यमा रोबोटिक कम्पिटिसन, नेपाल एस्टोनोमिकल सोसाइटी र साउथवेस्टन एस्टोनोमिक र एस्टोफिजिक्स क्लबको सहकार्यमा सोलार अब्जरभेसन कार्यक्रम र विज्ञान परियोजना प्रस्तुतीकरण, साङ्गीतिक कार्यक्रम, प्रहसन जस्ता कार्यक्रमहरू पनि आयोजना गरिएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS